२३ मंसिर, प्युठान
प्युठानकाे नाैबहिनी गाउँपालिकाले घर तथा भवन निर्माणका क्रममा सार्वजनिक सडकमा सामाग्रीहरु थुपारेर सर्वसाधारणकाे आवतजावतमा समस्या सिर्जना नगर्न चेतावनी दिएकाे छ।
पालिकाका विभिन्न सडकका ढिक र कुनामा निर्माणका सामाग्रीहरु (बालुवा, सिमेन्ट, सरिया, गिटी आदि) असरल्ल फिजाएर यातायातका साधन र सर्वसाधारणकाे आवागमनमा समस्या सिर्जना भएको जनगुनासाेलाई मध्यनजर आगामी दिनहरुमा गर्दै त्यसरी सरसामान नराख्न सूचित गरिएको छ।
पालिकका प्रमुख प्रशासकीय अधिकृत खड्क बिकद्वारा मंगलबार जारी सूचनामा अबउप्रान्त सडकमा स्थानीय सर्वसाधारणकाे आवागमनमा बाधा पुग्ने तथा यातायातका साधनकाे आवतजावतमा अवराेध गर्नेगरी साे प्रकारकाे हर्कत देखिएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा सडकसंहिता बमाेजिम कडा कारबाही गरिने चेतावनी दिइएको हाे ।
पालिकाले यसरी जथाभावी सडकमा राखिएका सरसामान यथासक्य छिटाे त्यहाँबाट हटाउन पनि अनुराेध गरेकाे छ ।
सर्वसाधारण र सार्वजनिक यातायातका साधनकाे आवतजावतमा कुनै समस्या नआओस् भनेर साे कदम चालिएको प्रमुख प्रशासकीय अधिकृत खडक बिकले बताएका छन् ।
















