घरको छतबाट खसेर एक जनाको मृत्यु

३ माघ, बाजुरा

बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका-९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।

शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी हुन् ।  छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल पुर्‍याएका थिए । चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation