प्युठानमा विद्युत सर्ट भई विद्यालयमा आगलागी, १५ लाख बराबरको क्षति

३ माघ, प्युठान

प्युठानस्थित एक विद्यालयमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

जिल्लाको मल्लरानी गाउँपालिका -५ अवस्थित श्री भूमि विकास माध्यमिक विद्यालयको पुस्तकालयमा विद्युत् सर्ट भएर आगलागी हुँदा ठूलो क्षति पुगेको छ ।

आगलागीबाट पुस्तकालयमा भएका फर्निचर, शैक्षिक सामग्री तथा अन्य भौतिक संरचना गरि लगभग १५ लाख बराबरको क्षति भएकाे विद्यालयका प्रधानाध्यापक बिमल श्रेष्ठले बताए ।

स्थानियवासीको सकृयतामा आगो नियन्त्रण भएको हुनाले ठुलो क्षति हुनबाट बचेको स्थानियले जानकारी दिए । शनिवार दिउँसो करिव पौने ४ बजेको समयमा विद्युत तार सट हुँदा आगलागी भएको स्थानीयले बताए ।

क्षेतिको पूरा विवरण आउन बाकी ।

केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation