मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री-  हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्

३० चैत, काठमाडौं

परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू अस्पष्ट नभएको बताएका छन् ।

मोरिसस भ्रमणबाट फर्केका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने स्वभाविक रूपमा गर्न सक्ने नै भयो ।’

चार वर्षअघि स्थापना भएको आफ्नो पार्टीका मन्त्री र सांसदहरू विभिन्न पेशाबाट आएको हुनाले आम्दानी हुनु स्वाभाविक भएको उनको भनाइ छ ।

आफ्नो पार्टी सुरुदेखि नै सुशासनको पक्षमा रहेको र यसअघि गठबन्धन सरकारमा सहभागी हुँदा पनि रास्वपाका सांसदहरूले सम्पत्ति विवरण सार्वजनिक गरेको खनालले स्मरण गरे ।

प्रधानमन्त्री सहित मन्त्रीहरूको विवरण आइतबार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation