होर्मुजमा इरानको अबरोध हट्यो, विश्वबजारमा तेलको मूल्य घट्यो

५ वैशाख, काठमाडौं

इरानले ‘स्ट्रेट अफ होर्मुज’को अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ।

युद्धविराम अवधिभर होर्मुज पूर्ण क्षमतामा सञ्चालन गर्न दिने इरानको घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएको हो। अन्तर्राष्ट्रिय बजारमा ’ब्रेन्ट क्रुड आयल’को मूल्य प्रति ब्यारेल ९८ डलरबाट ८८ मा झरेको बीबीसीले जनाएको छ।

इरान र अमेरिकाबीच गत अप्रिल सातको मध्यरातमा १५ दिने युद्धविराम सम्झौता भएको थियो। उनीहरूबीच अप्रिल २२ सम्म युद्धविराम हुनेछ।

विश्वको इन्धन आपूर्तिको २० प्रतिशत ढुवानी हुने होर्मुजमा इरानले अवरोध पुर्‍याएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएको थियो। युद्धअघि ‘ब्रेन्ट क्रुड आयल’को मूल्य प्रति ब्यारेल ७० डलर थियो। यसको मूल्य १०० डलर हुँदै अधिकतम ११५ सम्म पुगेको थियो।

इन्धनको मूल्य आकासिएसँगै ढुवानीमा विश्वव्यापी समस्या निम्तिने जोखिम बढेको थियो। कतिपय वायुसेवा प्रदायकले उडान रद्धको रणनीति बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

होर्मुज बन्द हुँदा मल आपूर्तिमा पनि समस्या परेको थियो। विश्वको एक तिहाइ मल उक्त नाकाबाट ढुवानी हुने गरेको छ। लेबनानमा युद्धविराम भएसँगै इरानी विदेशमन्त्री अब्बास अरघाचीले विज्ञप्ति जारी गर्दै अप्रिल २२ सम्म होर्मुजमा अवरोध नगर्ने बताएका हुन्। इरानले होर्मुज खुला गरेको अवस्थामा पनि आफ्नो नाकाबन्दी कायमै रहने अमेरिकाले बताएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation