“प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्छ” भन्दै विपक्षद्वारा बैठक अवरोध

३० वैशाख, काठमाडौं

विपक्षी सांसदहरूले संसद बैठकमा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने क्रममा प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका हुन् ।
संघीय संसदको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची रहेको थियो । सो क्रममा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए ।
विपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेका हुन् । उनीहरूले संसदभित्र प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजीसमेत गरेका थिए ।
सांसदहरूको विरोधपछि केही समय संसद बैठक प्रभावित बनेको थियो । विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति जिम्मेवार हुनुपर्ने भन्दै अनुपस्थितिलाई गैरजिम्मेवार व्यवहारको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation