
२ जेठ, प्युठान
प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय श्रीधर आचार्यका १४ वर्षीय छोरा नोबेल आचार्य रहेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार शनिबार अपराह्न करिब ४ः३० बजे खोलामा पौडी खेल्ने क्रममा उनी डुबेर घाइते भएका थिए ।
स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा गएको टोलीले उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाएको थियो । उपचारकै क्रममा साँझ ५ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
















