कैलालीको कान्द्रा नदीमा डुबेर बालकको निधन

३ जेठ, धनगढी

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा शुसिल बमको मृत्यु भएको हो ।

शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।

प्रहरीले डुबेकै स्थानबाट उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation