भदौ २४ को सत्य बाहिर आउनुपर्छ: गगन थापा

९ जेठ,विराटनगर

नेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन् ।

शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका सभापति थापाले  भदौ २४ को घटनाको ‘हिसाबकिताब’ बाँकी रहेको  बताउँदै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाए ।

थापाले भदौ २३ को घटनाको अनुसन्धानमा कांग्रेसको समर्थन रहे पनि २४ गते भएको व्यापक क्षतिको सत्यतथ्य बाहिर आउनुपर्ने बताए ।

‘भदौ २३ गते अप्रिय घटना भयो, त्यसमा कारबाही प्रक्रिया अघि बढेको छ, यसमा कांग्रेसको समर्थन नै छ । तर, २४ गते कोइराला निवासदेखि चाक्सीबारीसम्म र सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म क्षति भएको छ, थुप्रै तन्नेरी र प्रहरी मारिएका छन्’, उनले भने,‘ सरकारसँग फेरि माग गर्दछु भदौ २४ को छानबिन गर्न न्यायिक आयोग बनाइयोस् ।’

उनले अहिले यो घटनालाई सबैले ढाकछोप गर्न खोजेको  र त्यो स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation