हावाहुरीले रुख ढाल्दा एक महिलाकाे मृत्यु !

११ जेठ, राेल्पा

राेल्पाकाे थबाङ गाउँपालिकामा सोमबार साँझ आएको भीषण हावाहुरीका कारण रुख ढल्दा एक महिलाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा थबाङ गाउँपालिका–२, छेर्लोबाङ झाँक्री डेरा निवासी अन्दाजी ६१ वर्षीया रुजि झाँक्री मगर रहेकी छन्। आज साँझ करिब ७ः३० बजेतिर थबाङमा आफन्त भेटेर घर फर्किने क्रममा शहीद मार्ग सडकअन्तर्गत गल्चोल नजिकको झिङबारी क्षेत्रमा एक्कासि आएको भीषण हावाहुरीले रुख ढालेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही घटनामा परेर मनभुजी झाँक्री मगर घाइते भएका छन्। घाइतेको थबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको बताइएको छ।

स्थानीयवासीका अनुसार साँझ अचानक चलेको तीव्र हावाहुरीका कारण सडक आसपासका केही रुखहरू ढलेका थिए। त्यसै क्रममा बाटो हिँडिरहेका उनीहरू दुर्घटनामा परेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको तथा मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय थबाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation