धनकुटामा एक युवक भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
धनकुटा नगरपालिका वडा नं. ९ खुलाल टोलबाट स्थानीय २३ वर्षीय विजय राईलाई एक नाले भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको धनकुटा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राईविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । पक्राउ परेका राई माथि जिल्ला अदालत धनकुटाबाट बिहीबार नै ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

















