कांग्रेस संस्थापनइतर युवाको ‘बृहत्त युवा भेला’ ३० जेठमा

२६ जेठ, काठमाडौं

नेपाली कांग्रेसको संस्थापनइतर समूहका युवा नेताहरूले भेला आयोजनाको तयारी गरेका छन् ।

उनीहरूले कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत्त युवा भेला’ आयोजनाको तयारी गरेका हुन् ।

युवा नेता भुपेन्द्रजंग शाहीले ३० जेठमा ‘बृहत्त युवा भेला’ आयोजनाको तयारी गरिएको जानकारी दिए ।

भेलामा पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल हुने उनको भनाइ छ ।

‘यो बेला जाने कसरी त पार्टी ? पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकतावद्ध बनाएर जाने ?,’ नेता शाहीले भने, ‘यिनै विषयमा छलफल गर्न भेला बोलाएका हौं ।’

चाबहिलस्थित नवदुर्गा पार्टी भेन्युमा दिउँसो २ बजे सुरू हुने भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका युवाको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation