डोजरबाट विस्थापित सुकुम्बासीलाई तत्काल पुनर्वास गर्न हर्कराज राईको माग

३ असार, काठमाडौं

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुमवासीहरूलाई उनीहरू बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डोजर आतंकबाट विस्थापित भएका सुकुमवासीहरूले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उनले उनीहरूलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराए ।

अध्यक्ष राईले सुुकुम्बासीहरूले आफूहरू पहिला बसेको ठाउँमा नै सिटी प्लान गरेर पुनर्वास गराउँदा राम्रो हुने भनेकाले सरकारले उक्त कुरा अनुसार नै काम गरे हुने अध्यक्ष राईको भनाइ थियो ।

‘प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ । र उहाँले आफनो कर्तव्यबोध गरेर संसदमा  आएर हाम्रो केही प्रश्नहरूका उत्तर पनि दिनुहुनेछ । अर्को कुरा उहाँकै निर्देशनमा भन्ने हामीलाई जानकारी छ । सुकुमवासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरूलाई बेघरबार बनाउनु भयो । बेहाल स्थिति छ,’ उनले भने ।

उनले प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धि अभिव्यक्ति संसदको रेडर्कबाट नहटेसम्म आफूहरूको विोध संसदमा जारी रहने पनि स्पष्ट पारे ।

‘अहिले कीर्तिपुरलगायतका राखिएका होल्डिङ सेन्टरहरूमा खाना, पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरू नै हुुनुहुन्छ पक्कै पनि । मैले उहाँहरूले आन्दोलन गरिरहेका दृश्य हामीले देखिरहेका छौं । त्यसतर्फ सरकारको तत्काल ध्यानाकर्षण होस् । राहत दिने ठाउँमा राहत र व्यवस्थित गर्नुपर्ने ठाउँमा व्यवस्थित लाग्नुपर्दछ,’ सांसद राईले भने, ‘यसपालीको बजेटमा शहर व्यवस्थापन लगायतका विषयहरूमा बजेट छुटिएको देखिन्छ । त्यहाँबाट हुन्छ वा कसरी हुन्छ । पुनर्वासको व्यवस्था होस । र मेरो माग के छ भने उहाँहरू जहाँ हुनुहुन्थ्यो, त्यही एउटा राम्रो सिटी प्लान गरेर पुनर्वास गराउँदा सरकारको नै वाइवाइ हुने थियो ।’

अध्यक्ष राईले सहर व्यवस्थापनका लागि विनियोजन गरेको बजेट सुकुम्बासीहरूको पुनर्वासका लागि खर्च गर्न सरकारलाई सुझाव पनि दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation