सुपादेउरालीको झोलुङ्गे पुलबाट हाम फाल्ने युवतीको पहिचान खुल्यो, अनुसन्धान जारी

१ असार, अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–७ स्थित सुपादेउरालीको झोलुङ्गे पुलबाट हाम फालेर मृत्यु भएकी युवतीको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मृतक कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका–७ निवासी २३ वर्षीया सरिता भण्डारी रहेको पुष्टि भएको छ।
आज दिउँसो पुलबाट हाम फालेपछि गम्भीर घाइते भएकी भण्डारीलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको थियो। अस्पताल ल्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको प्रारम्भिक जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मृतकको पहिचान खुलेसँगै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation