रहस्यमय मृत्यु: आफ्नै कोठाभित्र मृत भेटिइन् स्वास्थ्यकर्मी अनिशा धामी

१ असार, खोटाङ

खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत २३ वर्षीया स्वास्थ्यकर्मी अनिशाकुमारी धामी आफ्नै डेराको कोठाभित्र मृत अवस्थामा फेला परेकी छन्।
बझाङ घर भएकी धामी सोही वडाकी मुना तामाङको घरमा डेरा गरेर बस्दै आएकी थिइन्। आइतबार बिहानदेखि उनी कोठाबाट बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले भित्रबाट बन्द रहेको कोठाको ढोका खोलेर हेर्दा धामीलाई मृत अवस्थामा फेला पारेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घटनाको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। शवलाई आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाले स्थानीयवासी तथा स्वास्थ्य क्षेत्रका सहकर्मीहरूलाई स्तब्ध बनाएको छ। मृतक धामीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्न स्थानीयले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation