बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू नआएपछी संसद् बैठक स्थगित

 

२ असार, काठमाडौं

बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।

रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिको छलफल पनि आजकै लागि तय भएको छ ।

खर्च कटौतीको प्रस्ताव सकेर सभा अगाडिद बढ्न खोजेपछि विपक्षी बेन्चबाट बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित हुनुपर्ने आवाज उठ्यो ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिदिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation