बझाङ जीप दुर्घटना: घाइतेको हेलिकप्टरमार्फत उद्धार

 

२८ असार, काठमाडौं

बझाङको सुंगुरे इलाकामा भएको जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका ३ महिला र २ पुरुष गरी ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको हो ।

सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइएको छ ।

यसरी उद्धार गरिएकामध्ये अझ गम्भीर २ जनाको सेनाकै हेलिकप्टरमा सुर्खेत ल्याइएको थियो ।

त्यहाँबाट स्काई ट्रकमार्फत उनीहरूलाई काठमाडौं ल्याइएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । एक बिरामी बालिकाको भने सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation