
दाङको घोराही उपमहानगरपालिका–१५, का वडा सदस्य लेखनाथ बुढाथोकीले सोही उपमहानगरपालिकामा कार्यरत शिक्षा अधिकृत अजय बोहोरालाई कालोमोसो दलेका छन् ।
सदस्य बुढाथोकीले अधिकृतलाई बाइकमा यात्रा गरिरहेको बेलामा बाटोमै रोकेर टाउकोमा कालोमोसो खन्याएका हुन् ।सार्वजनिक भिडियोमा सदस्य बुढाथोकीले कालोमोसो टाउकोबाट खन्याएर बोतलले समेत प्रहार गरेको देखिन्छ।
उक्त घटनाले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध तथा सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणबारे समेत प्रश्न उठाएको छ।













