कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुमवासीको विचल्ली

 

२७ असार, काठमाडौं

अविरल वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विचल्लीमा परेका छन् ।

बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि उनीहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्किएका छन् । घटनास्थलमा सुरक्षाकर्मी डुङ्गासहित पुगेर उद्धार कार्य गरिरहेका छन् ।

होल्डिङ सेन्टरमा बस्दै आएका राजकुमार माझीका अनुसार करिब एक–डेढ घण्टादेखि बाढीको पानी पसेर पूरा क्षेत्र जलमग्न भएको छ ।

‘एक–डेढ घण्टादेखि पानी पसेर होल्डिङ सेन्टर डुबेको छ । घुँडाभन्दा माथिसम्म पानी भइसकेको छ। हामी त सुतिरहेका थियौं, सबै जलमग्न भएपछि मात्रै थाहा पायौं। बाढी आउँदैछ भनेर पनि कसैले पहिले नै सचेत गराएर बाहिर निस्किन भनेन । अहिले सुरक्षाकर्मीहरू डुङ्गासहित आएका छन्। हामी अहिले कीर्तिपुरको मुख्य सडकमा निस्किएका छौं’ माझीले भने ।

सरकारले यस्तै बाढीबाट जोगाउन भन्दै नदी किनारका सुकुमवासी बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राख्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation