बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाह प्रयास, ५५ प्रतिशत शरीर जल्यो

काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले आज बिहान आत्मदाहको प्रयास गरेका छन्। काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईकाअनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति ४५ वर्षीय अश्विन राउत रहेको छ।उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए।

उनको शरीर ५५ प्रतिशत जलेको अस्पतालले जानकारी गराएको एसपी भट्टराईले बताए। हाल उनको उपचार जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation