बझाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

 

२७ असार, धनगढी

बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो ।

त्यस्तै, दुर्घटनामा परेर पाँच जना घाइते भएको सीडीओ केशरीले बताए ।

उनका अनुसार, अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।

‘हामी उद्धारकै कार्यमा छौं । घाइतेको उद्धार गर्न हेलिकप्टर त्यता गइसकेको छ,’ उनले भने ।

जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation