कर्णाली दुर्घटना: चालकको शव ९ दिनपछि फेला

 

२७ असार, काठमाडौं

असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार अर्का एक जनाको शव पनि फेला परेको छ ।

अछाम तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव दुर्घटनामा परी बेपत्ता भएका सवारी चालक रहेको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँ बस्ने तुलाराम सुवेदी रहेको प्रहरीले बताएको छ ।

यसअघि पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवाको शव फेला परेको थियो ।

उक्त मृतक सुवेदी र मेखेसहित उक्त गाडीमा रास्कोट नगरपालिका–२ खड्कागाउँका सिर्जना खड्का र सहचालक रामप्रसाद सुवेदी सवार थिए ।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा दुर्घटना भएको थियो ।

सडकबाट उक्त गाडी कर्णाली नदीमा खसेर यात्रुसहित बेपत्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation