गौमुखीलाई बदल्न ज्ञामुराम न्यौपानेको अपिल र संकल्प

यही वैशाख ३० गते हुन गइरहेको गौमुखी गाउँपालिकाको दोश्रो निर्वाचनमा मेरो गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी रहेको छ। केही व्यक्तिगत र केही सामाजिक काम गर्दै यही गौमुखीको सेरोफेरोमा मेरो ५२ बर्षको उमेर बितिसकेको छ। हरेक मानिसको आफ्नो जन्मभूमिप्रती केही गरौं भन्ने एउटा गाहिरो इच्छा हुँदोरहेछ। हाम्रो जस्तो पछौटे कृषी पेशा, ग्रामिण गरिबी र बेरोजगारीले खाएको गाउँपालिकामा बसोवास गर्ने २६ हजार जनताको लागि केही सकारात्मक कामको थालनी गरौं भन्ने मेरो भावना रहेको छ।
बहुदलीय व्यवस्थामा हामी सबैको एउटै पार्टीप्रति आस्था हुन सम्भव हुँदो रहेनछ। मेरो आस्था, स्वभाव, व्यवहार र कार्यशैलीप्रति यहाँहरुको असहमति र आलोचना हुन सक्छ। म त्यसलाई सम्मान गर्न चाहन्छु।
यस बिचमा पनि तपाईं हाम्रो साझा लक्ष्य भनेको गौमुखी क्षेत्रको समग्र विकास र परिवर्तन नै हो। राज्यकोषबाट आउने वार्षिक ४० करोड भन्दा बढी बजेटको सही सदुपयोग, मितव्ययी र अनुशासित शासन संचालन हो।
विगत पाँच वर्षमा जे जसरी गाउँपालिका सञ्चालन गरियो, त्यसमा म विनम्रतापूर्वक असहमति प्रकट गर्न चाहन्छु। खासगरी आर्थिक अनुशासन, संस्थागत विकास र ठोस उपलब्धि हासिल गर्ने सवालमा।
आफ्नै गाउँपालिकाको लागि म अथक मेहनतपूर्वक ढंगले काम गर्न चाहन्छु। जसरी प्युठान उद्योग वाणिज्य संघ, मच्छि ठूलाबेसी अर्खा सडकको ट्र्याक खोल्ने काम, गौमुखी मा वि, सहीद स्मृति पार्क जस्ता ठाउँहरुमा मैले निष्ठापूर्वक काम गरें । मैले आफ्नै प्रशंसा गरेर मपाइँ प्रदर्शन गर्नु राम्रो नहोला। मेरो बारेमा यहाँहरुको आफ्नै धारणा हुनसक्छ।
तपाईं र मेरो राजनीतिक आस्था फरक हुन सक्छ। तर म विनम्रता पूर्वक यहाँहरूलाई अनुरोध गर्न चाहन्छु , मलाई एक पटक गाउँपालिकाको नेतृत्व दियर परीक्षण गर्नुहोस। म कहिल्यै यहाँहरुको अमूल्य मतको दुरुपयोग गर्ने छैन।
म रैथाने उम्मेदवार भयको नाताले समेत गाउँपालिकाको लागी वढी समय दियर काम गर्न सक्छु। म नयाँ ढंगले गाउँपालिकाको काम आगाडी बढाउन चाहन्छु।
यदी यहाँहरुले कूनै कारणबस मलाइ मतदानमा गर्न सक्नु भएन र म पनि आफ्नो गाउँपालिकाको लागि निर्वाचित हुन सकिन भने हामी दुबैको लागि, लामो पश्चातापको विषय रहिरहने छ।

यस्ता छन् ज्ञामुरामका संकल्पहरुः

१. नयाँ ढंगले गाउँपालिकाको सञ्चालन र संस्थागत विकास।
२. कृषी क्षेत्रमा आधुनिकता एवं प्रथामिकता, एक गाउँ एक उत्पादन, कृषी तथा पशु फार्महरुको विकास तथा महंगो वाली प्रोत्साहन र बजारीकरण।
३. शिक्षा क्षेत्रमा उच्च प्राथमिकता, गुणस्तरिय शिक्षा तथा क्याम्पस स्थापना।
४. पर्यटन क्षेत्रहरुको विकासरग्रामिण पर्यटनको प्रवर्द्धन र गाउँपालिकाको सौन्दर्यकरण।
६. ग्रामिण गरीबी,पिछडिएको समुदाय र विपन्न परिवारको अध्यन र केन्द्रित योजना।
७. गाउँपालिका स्तरिय अस्पत्ताल निर्माण र विषेशज्ञ सेवा।
८. एक घर एक खाने पानीको धारा।
९. स्थानिय कला संस्कृति र चाडपर्वको जगेर्ना।
१०. सहकारी संस्थाहरुको एकीकरण र पूँजी परिचालन
११. आदर्श नागरीक खागुलाल गुरुङ, टेक बहादुर सुनार, धिर्जबहादुर अर्गेजा घर्ती, अष्ट सहिद अर्खामा सालिक तथा पार्क निर्माण ।
१२.गाउँपालिकामा आर्थिक र वित्तीय सुशासनको प्रत्याभूति, भष्ट्राचार र सेटिङको अन्त।
१३. फजुल खर्च कटौती र मितव्यायी प्रशासन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation