महावीर पुन भन्छन्- `दिउँसै रात पार्न खोजेका छन् गाँठे´

नेपाली वैज्ञानिक एवं सामाजिक अभियान्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्कमाथि कटाक्ष गरेका छन्।

विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउन लागिपरेका मन्त्री खड्काले ‘दिउँसै रात पार्न खोजेको’ भन्दै उनले कटाक्ष गरेका हुन्।

सामाजिक संजालमा पुनले ऊर्जमन्त्री खड्कालाई विवेकहीन र लोभीपापीको संज्ञासमेत दिएका छन्। उनले भनेका छन्, ‘अहिलेको ऊर्जामन्त्री जस्तो विवेकहीन र लोभीपापी व्यक्तिले अहिलेसम्म भित्रभित्रै कति भ्रष्टाचार गरे होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ। राम्रो काम गर्ने व्यक्तिलाई हटाउन मरिमेटेर लाग्ने मन्त्रीलाई भोट दिने जनताहरूले एकपटक सोच्नुहोस्। अहिलेको जमानामा दिउँसै रात पार्न खोजेका छन् गाँठे।’

देशको अर्थतन्त्रमा विद्युत् प्राधिकरणको ठूलो योगदान रहेको उल्लेख गर्दै पुनले अघि लेखेका छन्, ‘…अर्थतन्त्र ध्वस्त भएपछि देश मर्छ र खत्तम हुन्छ। २१औं शताब्दीमा विद्युत भनेको कुनै पनि देश निर्माण गर्ने र देश बचाउने एउटै मात्र शक्ति हो। विद्युत् भएन भने देश कस्तो होला? भनेर आँखा चिम्म गरेर एक मिनेटसम्म कल्पना गर्नुहोस् त। मर्न लागेको नेपाल विद्युत् प्राधिकरण अहिले बचेको छ।’

पुनले सके जनपक्षीय काम गर्न नभए गलत नगर्न सुझाएका छन्। अहिलेसम्म गरेको गल्तीमा माफी माग्नसमेत उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation