प्राणमञ्चकाे खबरदारी प्रभाव: परीक्षाफलमा बदमासी गर्ने अमृतलाई सरुवा

१६ चैत, प्युठान

नतिजा प्रकाशनमा पालिकाकाे कम्प्युटरकाे पहुँचमा पुगेर अनुत्तीर्ण विद्यार्थीलाई नम्बर थपेर उत्तीर्ण गर्ने बदमास शिक्षक, परीक्षा समितिका सदस्य, नेपाली कांग्रेस निकट शिक्षक संगठनकाे गाैमुखी गाउँपालिकाकाे अध्यक्ष तथा जनसहयाेगी माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृतबहादुर केसीलाई सुरुवाती विभागीय कारबाही अन्तरगत जनसहयाेगी माविकाे प्रधानाध्यापक पद खाेसेर नारिकाेटकाे बालसुधार आधारभूत विद्यालयमा सरुवा गरिएको गाउँपालिकाले जनाएको छ । नतिजा हेरफेर गरेर अनुत्तीर्ण विद्यार्थी पास गराउने पालिकाकाे परीक्षा समिति र त्यसका हर्ताकर्ता सदस्य अमृतबहादुर केसीकाे बदमासीले सीमा नाघेकाे पाइएपछि शुक्रबार पालिकामा बसेकाे गाउँ शिक्षा समितिकाे बैठकले जिम्मेवार पदमा बसेर यस्ताखाले हर्कत गर्ने अपराधिक मनाेवृत्तिलाई राेक्न जरुरी रहेकाे भन्दै निजलाई सरुवा गरिएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पाैडेलले प्राणमञ्चसँग बताए ।

जनसहयाेगी माविका कक्षा ८ मा अनुत्तीर्ण थप ६ जना र जनता प्रावि सुन्दरमेलाका ३ जना अनुत्तीर्ण विद्यार्थीलाई शिक्षा शाखा प्रमुख दुर्गा सुवेदी र जनसहयाेगी माविका प्रधानाध्यापक अमृतबहादुर केसीकाे मिलेमताेमा टिपेक्स लगाएर र केरमेट गरेर नम्बर थपि पास गराएकाे पाइयाे । त्यस्तै जनता प्राविकाे नतिजामा पनि ५ जना मात्रै उत्तीर्ण भएको भएपनि कम्प्युटर प्रविष्ट गर्दा तीन जना विद्यार्थीलाई आफूखुसी नम्बर चढाएर पास गराइएकाे पाइएकाे हाे ।

अमृतबहादुरलाई कारबाहीको नाममा सरुवाकाे नाटक मञ्चन गरिएको भएपनि साे घटनामा प्रत्यक्ष जाेडिएका शिक्षा शाखा सम्हालेका बेथितिका “बादशाह” दुर्गा प्रसाद सुवेदीलाई भने पालिकाले “सुनपानी” छर्केर चाेखाउन खाेजेकाे छ । एक स्राेतका अनुसार उनकाे मिलाेमताेबिना अमृतले मात्रै अहिलेसम्म सार्वजनिक भएका गडबडीमा पहुँच राख्न विल्कुल नसक्ने दावी छ ।

बुधबार साँझबाट हामीले प्रअलाई सम्पर्कमा ल्याउने प्रयास गर्दा अमृतबहादुर अहिलेसम्म पनि सम्पर्कबिहिन छन् । सबै लेजर र प्रविष्ट भएको नतिजा हेर्दा अझ धेरै बदमासी भेटिन सक्ने शैक्षिक सराेकारवालाहरु दावी गर्छन् ।

प्राणमञ्च टिमले गत साेमबार गाैमुखी गाउँपालिकाकाे कक्षा ८ र ५ काे अन्तिम नतिजा सार्वजनिक भएसँगै नतिजाकाे विश्वश्नियतामाथि व्यापक प्रश्न र आशंकामाथि खाेजिनीति गर्दा पालिका स्तरीय नतिजा हेरफेर गरेर अनुत्तीर्ण विद्यार्थी पास गराउने पालिकाकाे परीक्षा समिति र त्यसका हर्ताकर्ता सदस्य अमृतबहादुर केसीकाे बदमासीले सीमा नाघेकाे हाे । कक्षा ५ काे लेजरमा जम्मा ८ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका तर जनसहयाेगी माध्यमिक विद्यालयबाट सहभागी भएका १७ जनामध्येबाट १५ जनालाई उत्तीर्ण गराइएको पाएपछि प्राणमञ्चले अनुत्तीर्ण विद्यार्थीलाई शिक्षा शाखा प्रमुख दुर्गा सुवेदी र जनसहयाेगी माविका प्रधानाध्यापक अमृतबहादुर केसीकाे मिलेमताेमा टिपेक्स लगाएर र केरमेट गरेर नम्बर थपि पास गराएकाे पाइएको थियो ।

शिक्षा ऐनकाे २०२८ काे पछिल्लो संशोधन दफा १७ मा कापी परिक्षण तथा नतिजा प्रकाशनमा अनियमितता गरेकाे पाइएमा १ लाखसम्म जरिवाना तथा ६ महिना कैद सजायकाे व्यवस्था गरिएको छ । यसरी पालिकाेकाे शिक्षा नियमावली र संघीय शिक्षा ऐन हेर्दा जनसहयाेगी माविका प्रधानाध्यापक अमृत बहादुर केसी र पालिकाका शिक्षा शाखा प्रमख दुर्गा प्रसाद सुवेदी समेतले नतिजा प्रकाशनमा गम्भीर अपराध गरेकाे देखिएकाेले साेही प्राबधान अनुरुप कारबाही हुनुपर्ने कानुनका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation