प्रचण्ड भन्छन् : विशेष अधिवेशन बोलाएर भए पनि विद्यालय शिक्षा विधेयक पारित गर्छौँ

२४ चैत, काठमाडौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे संसद्‌को विशेष अधिवेशन बोलाएर भए पनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन्।

आइतबार राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा प्रचण्डले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए। माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गरेका छन्।

‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै प्रचण्डले भने, ‘कहिले सिट्ठी बजाउनुस्, कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं।’

अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्न संसद्‌को विशेष अधिवेशनका लागि प्रतिपक्षी दलहरूसँग संवाद थाल्ने आश्वासन दिए।‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्‍यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अघि बढ्छौं। म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु,’ उनले भने।

सरकारले हतारिएर सङ्घीय संसद्‌को दुवै सदनको अधिवेशन अन्त्य गरेको उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले शिक्षकहरूलाई सताउने काम नगर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation