चन्द्र प्रभामा पूर्वविद्यार्थीहरूबाट संकलित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

२५ चैत, रोल्पा

श्री चन्द्र प्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङ, रोल्पामा विद्यालयको कार्यालय भवन तथा अन्य भौतिक संरचनाहरूको रङ्गरोगन कार्यका लागि पूर्वविद्यार्थीहरूले संकलन गरेको आर्थिक सहयोग औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। एक विशेष समारोहबीच सम्पन्न उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशर कुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको हो।

समारोहमा समाजसेवी श्री भुपनारायण घर्ती मगरले सहयोगीहरूको नामावली वाचन गर्दै सबै सहयोगीप्रति आभार व्यक्त गर्नुभएको थियो। जम्मा रु १,१९,८४६/- संकलित रकम विद्यालयका प्रधानाध्यापक श्री रत्नलाल सुवेदीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अवैतनिक सल्लाहकार श्री फत्ते प्रचण्ड घर्ती मगरले सञ्चालन गरेका थिए।

समारोहमा स्थानीय शिक्षाप्रेमी तथा बुद्धिजीवी तिल बहादुर ओलि, बम बहादुर पुन मगर, लाल बहादुर विष्ट र सिम बहादुर विष्टले समेत मन्तव्य व्यक्त गर्दै विद्यालयप्रतिको माया र योगदानलाई अझै सशक्त बनाउनुपर्नेमा जोड गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले विद्यालयको ऐतिहासिक गौरव र योगदानको चर्चा गर्दै पूर्वविद्यार्थीहरूको सक्रिय सहकार्यले विद्यालयलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए। समाजसेवी भुपनारायण घर्ती मगरले विद्यालयलाई अझ सशक्त र समृद्ध बनाउन सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने सुझाव दिए।

उपस्थित सम्पूर्ण व्यक्तिहरूले अभियान संयोजक मनिष विष्ट (मनि) द्वारा अघि बढाइएको यो अभियानको उच्च प्रशंसा गर्दै उहाँको अथक परिश्रम र समर्पणप्रति आभार व्यक्त गरेका थिए । उनको निरन्तर प्रयासले विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै धन्यवाद ज्ञापन गरिएको थियो।

समापन मन्तव्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशर कुमार विष्टले विद्यालयको प्रगतिका लागि आर्थिक र भावनात्मक रूपमा साथ दिने सम्पूर्ण सहयोगीहरूलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर सहकार्य र समर्थनका लागि आग्रह गरेका थिए।

सहयोगीहरूको विवरणः

१. दर्शन क्षेत्री — रु १५,०००/-
२. मनिष विष्ट (मनि) — रु १३,०००/-
३. कबिराज खत्री, रनबहादुर खत्री — रु ५,५५५/-
४. तुकमान विष्ट (कार्तिक) — रु ५,५५५/-
५. भुपेन्द्र महरा — रु ४,५०५/-
६. ज्योति घर्ती मगर — रु ५,००१/-
७. भुपनारायण घर्ती मगर — रु ५,००१/-
८. नारायण विष्ट (मिलन) — रु ५,०००/-
९. चुमान रोका — रु ५,०००/-
१०. ममता विष्ट — रु ४,४४४/-
११. तिलक बहादुर विष्ट — रु ४,०००/-
१२. दुजबहादुर रोका — रु ३,५००/-
१३. तुल्सी कुमारी विष्ट — रु ३,०३०/-
१४. गणेश विष्ट — रु ३,०१५/-
१५. योगेश महरा — रु ३,०००/-
१६. कृष्णराज वली — रु २,५२५/-
१७. भुपेन्द्र घर्ती मगर — रु २,५००/-
१८. अमिसा घर्ती मगर — रु २,५००/-
१९. केशव सुनार — रु २,४००/-
२०. श्रीदिप थापा — रु २,०४०/-
२१. किम परियार — रु २,०२४/-
२२. सर्वजित महरा — रु २,००१/-
२३. रेग बहादुर क्षेत्री (रेग्जिन) — रु २,०००/-
२४. बेल्मती विष्ट — रु १,५००/-
२५. लोकेन्द्र विष्ट — रु १,५००/-
२६. सरस्वती विष्ट — रु १,२५०/-
२७. रेश्मा घर्ती मगर — रु ३,०००/-
२८. बिना घर्ती मगर — रु ५,०००/-
२९. विष्णु बुढा मगर — रु ५,०००/-

जम्मा संकलित सहयोग राशिः रु १,१९,८४६/-

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation