संघीय संसदका तीन समितिको बैठक बस्दै!

२५ चैत, काठमाडौं 

संघीय संसद अन्तर्गत तीन वटा समितिको बैठक आज बस्दैछ। अर्थ, कानून, न्याय तथा मानवअधिकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो।​

बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरुको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची छ।

बिहान ११ बजेका लागि बोलाइएको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे अर्थ मन्त्रालयसँग छलफल हुनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation