
पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन (पासाङ) प्यूठान आउने भएका छन् । पुन वैशाख ६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्युठानको नगर अधिवेशनको उद्घाटनका लागि प्यूठान आउने भएका हुन् ।
माओवादी केन्द्र प्युठान नगरपालिकाको नगर अधिबेशनले पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने जनाइएको छ ।
अधिवेशनमा केन्द्रदेखि जिल्ला पालिका तथा वडातहसम्मका नेताहरूको उपस्थिति रहने नगर कमिटीका सचीव सुमनराज श्रेष्ठले जानकारी दिए ।