
११ वैशाख, दाङ
अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा जनक सीलाई सम्मान गरिएको छ ।
“उत्कृष्ट पाठक सम्मान-२०८१” द्वारा अध्ययन अभियन्ता एवम् सामाजिक राजनीतिक रुपमा सचेत युवा जनक सीलाई अध्ययन मञ्च दाङद्वारा सम्मान प्रदान गरिएको हाे ।
लेनिनकाे स्मृतिमा आयाेजित आजकाे समय र लेनिन विषयक अन्तरक्रियात्मक कार्यक्रमकाे अवसर पारेर पाठक जनकलाई सम्मानसहित “उत्कृष्ट पाठक अवार्ड- २०८१ प्रदान गरिएको सर्वाेदय पुस्तकालयका अध्यक्ष सुशील गाैतमले खुसी व्यक्त गरेका छन् ।
नयाँ नयाँ पाठकहलाई अध्ययन, बहस र छलफलमा तातिन आकर्षण मिलाेस् भनेर विभिन्न समयमा पाठकलाई सम्मान दिइदै आएकाे अध्ययन मञ्च दाङका संयाेजक सुर्य बिसीले बताएका छन् ।
निरन्तर किताब अध्ययन गर्ने, ज्ञानको तिव्र चाहना राख्ने वा भनौँ साँचो अर्थमा किताबलाई माया गर्नेहरु मध्येबाट उत्कृष्ट पाठक छनौट गरी वार्षिक रुपमा उत्कृष्ट पाठक सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको आयाेजकले बताएको छ ।
सम्मान ग्रहणपछि संक्षिप्त मन्तव्य राख्दै जनक सीले किताब पढ्न थालेको त्यस्तै एक डेढ वर्ष भएको तर लत बसेपछि अलिकति समय खाली बस्नुपरे किताबकै याद आउने र यात्रामा साथै लिएर पुस्तक पढ्ने गरेकाे बताए ।