शिक्षामन्त्री पन्तले लिए शपथ !

११ वैशाख, काठमाडौं

नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

पन्त एमालेका समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation