नवनियुक्त सिँचाइ राज्यमन्त्री गर्बुजाले आज शपथ लिने

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार शपथ ग्रहण गर्दै छन्।

उनलाई बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १७ गते उनलाई राज्यमन्त्री नियुक्त गरेका थिए। यसअघि वैशाख १० मा प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङलाई ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation