
पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ।
पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ।
भारतीय समयअनुसार बुधबार राति १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेसन सिन्दुर’अन्तर्गत भारतले हवाई आक्रमण गरेको हो।
भारतको दाबीअनुसार यी तिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो।
भारतीय पत्रिका दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार भनेर बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ।
पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएिपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए।
समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ- प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरे।
यसैबीच भारतीय सेनाले पाकिस्तानी सैन्य अखडामा आक्रमण नगरिएको, आतंककारी लुक्ने स्थानलाई मात्र निशाना बनाइएको बताएको छ।
अर्कातर्फ स्रोतहरूले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार यो एक संयुक्त सैन्य अपरेसन थियो, जसमा भारतीय सेना र वायुसेनाले संयुक्त रूपमा सटिक स्ट्राइक हतियार प्रयोग गरेका थिए।
समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ- भारतीय सेनाले पहलगाम आतंकवादी हमलाको लागि जैश-ए-मोहम्मद र लश्कर लुक्ने ठाउँलाई प्रहार गर्ने उद्देश्यले लक्ष्य छनोट गरेको थियो।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2025 Pranmancha All right reserved Site By : Himal Creation