
नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, प्यूठानको अध्यक्षमक महेश पाण्डे निर्वाचित भएका छन् । ११ रौं जिल्ला अधिवेशनबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
उक्त कार्यसमितिको उपाध्यक्षमा किरण पन्थी, सचिव सिताराम भट्टराई, सहसचिव साजन केसी,गणेश राना, कोषाध्यक्ष सन्दिप केसी सहित ५३ सदस्यीय समिति बनेको छ ।