वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा !

३० वैशाख, प्युठान

नेकपा (माओवादी केन्द्र) को भात्री संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपाल, प्युठानको अध्यक्षमा गौमुखी गाउपालिका निवासी सुरेश विश्वकर्मा चयन भएका छन्। मंगलबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

नवगठित समितिमा उपाध्यक्षहरूमा किरण खड्का, बसन्त विक र डम्मर खड्का रहेका छन्। सचिवमा तारा चन्द चयन भएका छन् भने सह-सचिवहरूमा संसार थापा, विपिन पोखरेल, चित्र बहादुर पुन, सेरचन रसाइली र निशा मगर रहेका छन्। कोषाध्यक्षमा जुना परियार चयन भएकी छन्।


प्युठान नगरपालिका–४, जुम्रीस्थित होटल आयुस्मामा सम्पन्न अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका नेता माधव सापकोटा ‘सुबोध’ले गरेका थिए।

कार्यक्रममा माओवादी केन्द्र प्युठानका इन्चार्ज नारायण प्रसाद अधिकारी, केन्द्रीय सदस्य सरस्वती न्यौपाने, लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारी, जिल्ला संयोजक यज्ञबहादुर केसी, सञ्चारकर्मी तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

अधिवेशनको उद्घाटन सत्रमा वाईसियल प्युठानका पूर्व अध्यक्षहरू लगायत विभिन्न सामाजिक क्षेत्रमा योगदान पु-याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation