रुस र युक्रेनबीच आज वार्ता हुँदै !

१ जेठ, काठमाडौं 

रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीएमा शान्ति वार्ता हुँदैछ।

आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छैन।

शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई आह्वान गरे पनि वार्ता टोलीमा उनको नाम सूचीकृत नरहेको रुसको भनाइ छ।

वार्ताका लागि रूसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने खबरमा उल्लेख छ।

पुटिन र जेलेन्स्की डिसेम्बर २०१९ देखि प्रत्यक्ष रूपमा भेटेका छैनन्।

त्यसैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्तामा दुवै देशका राष्ट्रपति सहभागी भएर पुटिनलाई व्यक्तिगत रूपमा पनि भेट्ने तयारी गरेका थिए।

रुससँगको शान्ति वार्ताका लागि टर्कीए पुगिसकेका जेलेन्स्कीले त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पनि भेट्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation