इजरायलद्वारा गाजामा भीषण हवाई आक्रमण!

२ जेठ, काठमाडौं

इजरायलले गाजामा गएरातिदेखि भीषण हवाई आक्रमण शुरु गरेको छ। अस्पतालदेखि शरणार्थी शिविरसम्ममा भएका आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ ।

खान युनिसमा रहेको युरोपेली–गाजा अस्पतालमा भएको आक्रमणमा २८ जनाको मृत्यु भएको छ । अस्पतालमा स्वयसेवी काम गरिरहेका बेलायतका सर्जन डा. टम पोटोकारले लडाकु जहाजबाट ६ वटा बम खसालिएको र २८ जना घाइते भएको जानकारी दिँदै भग्नावशेषमा परिणत भइरहेको अस्पतालको फुटेज सार्वजनिक गरेका छन्।

इजरायलले १० हप्तादेखि गाँजामा राहत सामग्रीको प्रवेशमा प्रतिबन्ध जारी राखेका बेला शक्तिशाली हवाई आक्रमण भएको हो। यस क्षेत्रमा इजरायलले पत्रकारलाई समेत प्रवेशमा वञ्चित गरेको छ। यो क्षेत्रमा औषधि, खानेपानी र अन्य आधारभूत कुराहरुको हाहाकार भएको छ। इजरायलले भने आफूले लगाएको नाकाबन्दीका बाबजुद गाजामा खाने कुराको कमी नरहेको दाबी गरेको छ ।

इजरायल र हमासबीच ७ अक्टोबर २०२३ मा युद्ध शुरु भएको थियो । त्यसयता गाजामा झण्डै ५३ हजार मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation