ओलीको कटाक्ष – तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि जहाँबाट निकालिएको हो अहिले आफू त्यही ठाउँमा रहेको बताएका छन्।

पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन्।

शनिवार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरू पार्टीलाई विभाजित गर्न लागेको उनले आरोप लगाए। उनले २०७४-०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत पार्टी बनाएको तर केही स्वार्थ बोकेकाहरूबाट बचाउन नसकेको बताए।

उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उनले अरूकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम गरेको बताए। दलको नेताकाविरुद्ध अविश्वासको प्रश्ताव ल्याउन नसक्ने तर संसदमा अरू तत्त्वहरुसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने काम गरेको टिप्पणी गरे। एकीकरणका मनशायले एकीकरण गरे पनि एकीकरण गर्न आउनेहरूको मनशाय एमालेलाई ध्वस्त पार्नु रहेको बताए।

प्रधानमन्त्री ओलीले भन्नुभने, ‘२०७४-०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत मात्रै होइन, लगभग दुई तिहाइको बनायौँ। त्यस ठाउँमा हामीले कम्युनिष्ट आन्दोलनलाई पुर्‍यायौँ तर केही स्वार्थ बोकेका, आत्मकेन्द्रित तत्व छट्पटाए। अन्य शक्तिहरु वाह्य शक्तिहरू पनि छट्पटाए  आज हैसियतका साथ छौँ । तीन वर्षअघि जहाँबाट लखेटिएको थियो, तीन वर्षपछि हामी फेरि त्यही सरकारको नेतृत्वमा छौँ।’

प्रधानमन्त्री ओलीले आज हैसियतका साथ आफूहरु सरकारमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation