मन दुख्यो (गजल)

अमानवीय व्यवहार,गर्‍यो र त मन दुख्यो
निराशा मात्र हात पर्‍यो र त मन दुख्यो ।

सँगसँगै बस्यौं हास्यौं,आज तिम्रो स्थान फरक
महलतिर बसाइ सर्‍यो र त मन दुख्यो ।

स्थानमा पराउनेहरुको,आश गर्दा सास गए पनि
आफ्नो मात्र भकारी भर्‍यो र त मन दुख्यो ।

दोब खनी अप्ठ्यारोमा,लगाइयो पार तिमीलाई
नफर्किने गरि सागर तर्‍यो र त मन दुख्यो ।

लेकाली फूलका वासना,जति सबै चुसेपछि
प्रमक्त भई बेसीतिर झर्‍यो र त मन दुख्यो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation