करेन्ट लागेर एकजनाको मृत्यु!

१९ साउन, चन्द्रपुर 

रौतहटमा करेन्ट लागेर आइतबार राति एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इशनाथ नगरपालिका –८ मंसरी टोल बस्ने ५५ वर्षीय शेख जफिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए।

धान रोप्नका लागि विद्युतीय मोटरको प्रयोगले खेतमा पानी हालेपछि विद्युत मिटरको तार पोलबाट निकाल्ने क्रममा जफिर घाइते भइ मृत्यु भएको प्रहरी निरीक्षक  महतोले बताए

घाइते जफिरलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले मृत्यु भइसकेको बताएको प्रहरी निरीक्षक महतोले बताए।

सिँचाइका लागि किसानले पाउने कृषि मिटर आवश्यक परेको बेला लाइन सप्लाई भएको तारमा लाउने र पानी हाल्ने काम भए पछि मिटरको तार निकाल्ने गरेकोमा तार जोडने वा निकाल्ने क्रममा करेन्ट लाग्नु विद्युत प्राधिकरणको कमि कमजोरी रहेको उनको भनाइ छ।

विद्युत प्राधिकरणले जडान गरेका पोलमा अर्थिंङ्ग नरहेकाले समेत करेन्ट लाग्ने समस्या रहेकाले तत्काल विद्युत प्राधिकरणले समस्याको हल ननिकाले आन्दोलनमा उत्रनुको विकल्प किसानसँग नरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation