
केशर सुनार/ प्रकाश न्याैपाने
पूर्वी प्युठानको मल्लरानी गाउँपालिका-३ बर्बोट प्युठानमा रहेको भानुभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सव २०८२ मनाउने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गरी ५० औं वर्ष पुगेको अवसरमा २०८२ लाई अविष्मरणीय स्वर्ण महोत्सवको रुपमा मनाउने जनाएको छ ।
‘मेरो विद्यालय मेरो दायित्व’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै स्वर्ण महोत्सव २०८२ वर्षलाई अविष्मरणीय स्वर्ण महोत्सव वर्षको रुपमा मनाइने विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेलले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले मंसिर २९ गतेबाट स्वर्ण महोत्सवका कार्यक्रमहरु सुरु भई २०८२ पुष २ गते स्वर्ण महोत्सव समारोहको सम्पूर्ण कार्यक्रम समापन हुने बताए ।
स्वर्ण महोत्सवको लागि १ सय ५१ सदस्यीय मूल समारोह समिति, २९ सदस्यीय सचिवालय समिति, ५ वटा विभिन्न उपसमितिहरु निर्माण गरिएको छ साथै आवश्यकताअनुसार उपसमिति निर्माण गरिने स्वर्ण महोत्सवमा मूल आयोजक समितिका संयोजक विद्यालय व्यवस्थापन समिति अध्यक्ष जिवलाल खत्रीले बताए। स्वर्णस्तम्भ, झाकी प्रस्तुतिका साथै शैक्षिक जागरण अभियानसम्मका कार्यक्रम गरिने छ ।
प्रअ पौडेलले स्वर्ण महोत्सवमा सहयोगदाताहरुलाई सम्मान ,मरणोपरान्त सम्मान,विद्यार्थी पुनर्मिलन कार्यक्रम, रचना वाचन, स्मारिका विमोचन लगायतका विभिन्न तालिकाबद्ध रुपमा कार्यक्रम सार्वजनिक गरेका थिए ।
विद्यालयको आफ्नै स्कुल बस किन्नेगरी स्वर्ण महोत्सवको तयारी थाल्न लागिएको विद्यालयले बताएको छ । जसबाट विद्यार्थीहरुमा सहजता र संख्यात्मक रुपमा वृद्धि हुने अग्रज व्यक्तित्व बोम बहादुर खत्रीले बताए ।
आफ्नै गाडी किन्ने, शैक्षिक जागरण ल्याउने र अक्षयकोष निर्माण गरी गरिब विपन्न एवम् जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने, प्रविधिमैत्री कक्षा, लगायतका कामहरु गर्ने स्वर्ण महोत्सवको लक्ष्य छ । स्वर्ण महोत्सवको लागि ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
महोत्सवका लागि सहयोगि दाताहरुलाई विभिन्न समिति बनाई सहयोग उठाउन लागिएको छ। ५ हजारभन्दा कम रकम सहयोग गर्ने सहयोग दाताको नाम स्मारिकामा र ५ हजार देखि ९ हजार ९ सय ९९ सम्म सहयोग गर्नेलाई शिलापत्रमा नाम लेखेर विद्यालयको भित्तामा टाँस्ने र १० हजार भन्दा माथी सहयोग गर्ने सहयोग दाताको नाम स्वर्ण स्तम्भमा लेखिने प्रधानाध्यापक पौडेलले बताए।
पूर्वी प्युठानको शैक्षिक धरोहरको रुपमा स्थापित आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको यस विद्यालयको स्थापना वि सं. २०३२ सालमा भानुभक्त प्राविको नामबाट भएको हो । हाल यहाँ प्राविधिक धारसहित कक्षा १२ सम्म पढाइ हुने गर्दछ ।
प्रधानाध्यापक पौडेलले स्वर्ण महोत्सवमा सहयोगदाताहरुलाई सम्मान, मरणोपरान्त सम्मान,विद्यार्थी पुनर्मिलन कार्यक्रम,रचना वाचन,स्मारिका विमोचन लगायतका विभिन्न तालिकाबद्ध रुपमा कार्यक्रम सार्वजनिक गरेका थिए ।
आफ्नै गाडी किन्ने, शैक्षिक जागरण ल्याउने र अक्षयकोष निर्माण गरी गरिब विपन्न एवम् जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने, प्रविधिमैत्री कक्षा, लगायतका कामहरु गर्ने स्वर्ण महोत्सवको लक्ष्य छ ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष नोमराज पौडेल,उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष सन्देश आचार्य,वि.व्य.स अध्यक्ष,राजनीतिक दलका प्रतिनिधिहरु एवम् शिक्षकहरुको उपस्थिति रहेको थियो।
महोत्सवलाई उत्साहका साथ हेरिएको बताउदै विद्यालयमा अक्षयकोष निर्माण गर्ने उधोग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले घोषणा गरे ।