
२८ साउन, रोल्पा
रोल्पाको माडी गाउँपालिका घर्तिगाउँमा फोर्स गाडि दुर्घटना भएको छ ।
घोराहीबाट तालाबाङकालागि छुटेको लु १ ज ३६१४ नम्बरको
फोर्स गाडी आज दिउँसो करिब १ बजेर ५० मिनेटको समयमा माडी गाउँपालिका –२ व्याङखोलामा दुर्घटना भएको हो । दुर्घटनाबाट पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि रोल्पा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उक्त गाडिमा चालकसहित १४ जना सवार थिए ।
प्रहरिका अनुसार गाडि सडकबाट करिब ३० मिटर तल खसेको थियो । घटनाभएको जानकारी पाउँनासाथ इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी निरिक्षक देवसिंह भण्डारीको नेतृत्वमा १० जना प्रहरी टोली उद्दारकालागी गएको थियो ।
जिपको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।