योमरीलाई अभौतिक साँस्कृतिक सम्पदामा सूचीकरण

२ भदौ, काठमाडौँ

नेपाल सरकारले नेवार समुदायको अनिवार्य परिकार `योमरी´ (य:मरी) लाई अभौतिक साँस्कृतिक सम्पदामा सूचीकरण गरेको छ ।

ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको अथक प्रयासपछि यस्मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको हो । सबै प्रक्रिया पूरा गरी  प्रमाण पेश गरेपछि मूल्याङ्कन र सिफारिस समितिको सिफारिसपछि योमरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको सरकारले जनाएको छ।

अभौतिक सम्पदाको सूचीकरणका लागि संस्कृति, पर्यटन, नागरिक उडड्यन मन्त्रालयले गत वर्ष गरेको आह्वान अनुसार १०५ वटा आवेदन परेका थिए। अन्य आवेदनमा विधि र प्रक्रिया नपुगेका कारण यो वर्ष योमरी मात्रै सूचीकरणमा परेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ललितपुर महानगरपालिकाका १ देखि २९ वडाका नेवार समुदायले दिएको आवेदनलाई दुईवटा समितिले अध्ययन गरेर मन्त्रालयलाई दिएको सिफारिसका आधारमा योमरीलाई गत साउन २३ गते अभौतिक सम्पदाको सूचीमा छनोट भएको हो।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विज्ञप्ति जारी गरी यो प्रक्रियामा जुट्ने सबैलाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation