दाङको एक होटलमा बास बसेका व्यक्ति मृत भेटिए

३ भदौ, दाङ 

दाङको भालुबाङस्थित एक होटलमा बास बसेका पुरुष मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार मृतक दार्चुला, महाकाली नगरपालिका–१ का ५२ वर्षीय जयधनसिंह बराल हुन्। उनी सोमबार बेलुकी भालुबाङ पुल्चोकस्थित न्यु थापा होटलमा बास बसेका थिए। मंगलबार राति करिब ८ बजे मृत्यु भएको सूचना प्रहरीलाई आएको थियो।

शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि लमही पठाउने तयारी भइरहेको इलाका प्रहरी प्रमुख पुष्करसिंह ऐरीले बताए।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation