
६ भदौ, रोल्पा
रोल्पाको त्रिवेणी गाउँपालिका ७ का एक बालकको अरिँगालको टोकाइबाट मृत्यु भएको छ ।
हिजो (शुक्रबार) विद्यालयबाट घर फर्कने क्रममा अरिंगालको टोकाइबाट ६ बालबालिका घाइते भएका थिए घाइते मध्य एकजनाको मृत्युु भएको हो ।
त्रिवेणी ७ धाक्रीपानी बस्ने भाइरती परियारका ७ बर्षिय छोरा मोहन परियारको उपचारको क्रममा रोल्पा अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका अन्य ५ जना बालबालिकालाई थप उपचारको लागी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा रिफर गरिएको प्रहरीले जानारी दिएको छ ।
भाद्र ५ गते अपराह्न साढे ४ बजेको समयमा त्रिवेणी गाउँपालिका वडा नं ७ स्थित विरेन्द्र माध्यामिक विद्यालयमा अध्यनरत त्यी बालबालिकाहरु विद्यालय छुट्टी भए पश्चात घर फर्किदै थिए ।सोही समयमा तिलाको जंगलको बाटोमा हिडिरहेको अबस्थामा अचानक अरिँगालले शरीरको विभिन्न भागमा टोकी घाइते बनाएको थियो ।
घाइतेहरुको तिला स्वास्थ्य चौकिमा समान्य उपचार पश्च्यात रोल्पा अस्पताल रेउघामा ल्याइएको थियो ।
घाइते भएका त्रिवेणी गाउपालिका ७ का कमल प्रकाश परियारको छोरी १४ बर्षिय सुनिता परियार, धन बहादुर परियारको छोरा १० बर्षिय शंकर परियार, झुमा परियारको छोरी १० बर्षिय मनिषा परियार, दिल बहादुर परियारको छोरा ४ बर्षिय आशिष परियार र भिम बहादुर परियारको छोरा ८ बर्षिय कमल परियारलाई घोराही दाङमा थप उपचारको लागि रिफर गरिएको छ ।