नारायणगढ-मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक यात्रुको मृत्यु भएको छ।
तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका- ६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्य कामी गम्भीर घाइते भएका थिए। मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
बस र चालक तनहुँ म्याग्दे गाउँपालिका- २ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।