
मानव सभ्यताले विज्ञान, प्रविधि र विकासका क्षेत्रमा अभूतपूर्व उपलब्धिहरू हासिल गरेको छ। तर यही विकासको गति कहिलेकाहीँ प्रकृतिका आधारभूत सन्तुलनहरूलाई चुनौती दिने दिशातर्फ पनि मोडिएको देखिन्छ। औद्योगिक क्रान्तिपछि तीव्र गतिमा बढेको औद्योगिकीकरण, वन विनाश, जीवाश्म इन्धनको अत्यधिक प्रयोग र अनियन्त्रित शहरीकरणले पृथ्वीको जलवायु प्रणालीलाई गहिरो रूपमा प्रभावित गरेको छ। यसको प्रत्यक्ष परिणाम आज जलवायु परिवर्तनका रूपमा विश्वसामु देखापरेको छ ।
आज जलवायु परिवर्तन केवल वातावरणीय मुद्दा मात्र रहेन; यो मानव अस्तित्व, जैविक विविधता, खाद्य सुरक्षा, आर्थिक विकास र सामाजिक स्थायित्वसँग प्रत्यक्ष जोडिएको वैश्विक संकट बनिसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार, २१औँ शताब्दीमा मानव सभ्यताले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीहरूमध्ये जलवायु परिवर्तन प्रमुख हो । जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बढाउने मात्र होइन, प्राकृतिक पारिस्थितिक प्रणालीलाई पनि असन्तुलित बनाउँदै गएको छ । यसका कारण वन्यजन्तुको प्राकृतिक बासस्थान, पानीका स्रोत र खाद्य श्रृङ्खला प्रभावित भएका छन् । परिणामस्वरूप वन्यजन्तुहरू आफ्नो प्राकृतिक आवास छोडेर मानव बस्ती नजिक आउन बाध्य भएका छन् । यही अवस्थाले मानिस–वन्यजन्तु द्वन्द्वलाई विश्वव्यापी समस्या बनाउँदै लगेको छ । नेपालजस्ता जैविक विविधताले भरिपूर्ण देशमा यो समस्या अझ गम्भीर रूपमा देखिन थालेको छ ।
जलवायु परिवर्तनको मुख्य कारण मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासहरू हुन्। कार्बन डाइअक्साइड (ऋइ₂), मिथेन (ऋज्₄), नाइट्रस अक्साइड (ल्₂इ) लगायतका ग्यासहरूले पृथ्वीको तापलाई वायुमण्डलमा थुनेर राख्छन् । यसलाई हरितगृह प्रभाव भनिन्छ । औद्योगिक क्रान्तिपछि विश्वमा ऊर्जा उत्पादनका लागि कोइला, पेट्रोलियम र ग्यासजस्ता जीवाश्म इन्धनको व्यापक प्रयोग भयो । यसले वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा उल्लेखनीय रूपमा बढायो । वैज्ञानिक तथ्यांक अनुसारऔद्योगिक क्रान्तिपूर्वको तुलनामा पृथ्वीको औसत तापक्रम करिब १.१ डिग्री सेल्सियस बढिसकेको छ ।
वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा अहिले ४२० उऊ भन्दा माथि पुगेको छ ।
पछिल्ला आठ वर्ष पृथ्वीको इतिहासकै सबैभन्दा तातो वर्षहरूका रूपमा दर्ज भएका छन् । जलवायु वैज्ञानिक डॉ. जेम्स हान्सेनले एकपटक भनेका थिएः
“जलवायु परिवर्तन भविष्यको समस्या होइन, यो वर्तमानको वास्तविकता हो ।” यसले स्पष्ट संकेत गर्छ—यदि मानव सभ्यताले आफ्नो विकासको ढाँचामा परिवर्तन नगर्ने हो भने भविष्य झनै जटिल हुन सक्छ ।
विश्वव्यापी असरः पृथ्वीको परिवर्तित अनुहार
जलवायु परिवर्तनको प्रभाव विश्वका सबै महादेशमा देखिन थालेको छ। यसको असर बहुआयामिक छ । विश्वव्यापी तापक्रम लगातार बढिरहेको छ । अत्यधिक गर्मीका कारण धेरै देशहरूमा तापलहरी (ज्भबतधबखभ) सामान्य घटना बन्न थालेको छ । यसले मानव स्वास्थ्य, कृषि उत्पादन र जैविक प्रणालीमा गम्भीर असर पारेको छ । जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा अनियमित बन्दै गएको छ । कतै अत्यधिक वर्षा भएर बाढी आउँछ भने कतै लामो खडेरी पर्छ। यसले कृषि प्रणालीलाई अस्थिर बनाइरहेको छ । हिमालय, आर्कटिक र अन्टार्कटिक क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । हिमालयलाई “एशियाको जल टावर” भनिन्छ । तर यही हिमनदीहरू पग्लिँदै जाँदा भविष्यमा पानीको ठूलो संकट उत्पन्न हुने सम्भावना देखिएको छ । समुद्री सतह क्रमशः बढ्दै जाँदा तटीय क्षेत्रहरूमा बाढी र भूमि डुबानको जोखिम बढिरहेको छ। साना द्वीपीय राष्ट्रहरूका लागि यो अस्तित्वको संकट बनेको छ ।
अत्यधिक तापक्रम र सुख्खापनका कारण विश्वका विभिन्न देशमा वन डढेलोको घटना बढिरहेको छ। यसले जैविक विविधता नष्ट गर्ने मात्र होइन, वायुमण्डलमा थप कार्बन उत्सर्जन पनि बढाउँछ । वन्यजन्तु प्रकृतिको संवेदनशील अंग हुन् । वातावरणीय परिवर्तनले उनीहरूको जीवनचक्रमा प्रत्यक्ष असर पार्छ । वन विनाश, तापक्रम वृद्धि र जलस्रोतको कमीका कारण वन्यजन्तुको बासस्थान सिमित हुँदै गएको छ ।
जलवायु परिवर्तनले वनस्पति र सिकार प्रजातिमा असर पु¥याउँछ। यसले खाद्य शृङ्खलामा असन्तुलन ल्याउँछ ।
कयौं प्रजातिहरू मौसम अनुसार प्रवास गर्छन्। तर वातावरणीय परिवर्तनका कारण उनीहरूको परम्परागत मार्ग अवरुद्ध भएको छ । विश्व संरक्षण संघ (क्ष्ग्ऋल्) का अनुसार हजारौँ प्रजाति जलवायु परिवर्तनका कारण लोप हुने जोखिममा छन् । प्रख्यात प्रकृतिविद् डेभिड एटनबरोले भनेका छन्ः“प्रकृतिको विनाश अन्ततः मानव सभ्यताको विनाश पनि हो ।”
मानिस–वन्यजन्तु द्वन्द्वः बढ्दो चुनौती
जब वन्यजन्तुको प्राकृतिक आवास नष्ट हुन्छ, उनीहरू मानव बस्ती नजिक आउन बाध्य हुन्छन्। यसले मानिस र वन्यजन्तुबीच द्वन्द्व सिर्जना गर्छ । हात्ती, बाँदर, बँदेलजस्ता जनावरहरूले किसानको खेतबाली नष्ट गर्ने घटना बढ्दो छ । बाघ, चितुवा, भालुजस्ता जनावरबाट हुने आक्रमणले धेरै मानिसको ज्यान जाने गरेको छ । प्रतिशोधस्वरूप मानिसहरूले विष हाल्ने, पासो थाप्ने वा गोली हानेर वन्यजन्तु मार्ने घटनाहरू पनि बढिरहेका छन् । यसले ग्रामीण समुदायमा डर, असुरक्षा र आर्थिक क्षति बढाउने काम गर्छ । नेपाल विश्वकै जैविक विविधतामा समृद्ध देशहरूमध्ये एक हो। हिमालय, पहाड र तराईको भौगोलिक विविधताले धेरै वन्यजन्तुलाई आश्रय दिएको छ । तर जलवायु परिवर्तन र मानव हस्तक्षेपका कारण मानिस–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ ।
चितवन, बर्दिया, बाँके, कोशी टप्पु लगायतका क्षेत्रमा बाघ, गैँडा, हात्ती, चितुवा जस्ता वन्यजन्तुसँग स्थानीय बासिन्दाको द्वन्द्व बढिरहेको छ । प्रत्येक वर्ष नेपालमा वन्यजन्तु आक्रमणबाट दर्जनौँ मानिसको ज्यान जाने र सयौँ घरपरिवार प्रभावित हुने गरेका छन् ।
समाधानका सम्भावित उपायहबारे कुरा गर्दा दीर्घकालीन र बहुआयामिक रणनीति आवश्यक छ ।
जस्तैः जलवायु परिवर्तन नियन्त्रण, कार्बन उत्सर्जन घटाउने नीति, नवीकरणीय ऊर्जा विस्तार, हरित विकास रणनीति, प्राकृतिक स्रोत संरक्षण, वन संरक्षण, जलस्रोत संरक्षण, हिमताल र हिमनदी संरक्षण, समुदाय केन्द्रित कार्यक्रम, प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति, किसानको बाली सुरक्षा, वैकल्पिक जीविकोपार्जन कार्यक्रम, प्रविधिको प्रयोग, न्एक् ट्र्याकिङ, अर्ली वार्निङ सिस्टम, ड्रोन निगरानी, जनचेतना र शिक्षाको विकाससँगैजलवायु शिक्षा विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नु आवश्यक छ । मानव र प्रकृति एकअर्काका प्रतिस्पर्धी होइनन्; उनीहरू एकअर्काका पूरक हुन्। यदि प्रकृति असन्तुलित भयो भने मानव सभ्यता पनि सुरक्षित रहन सक्दैन । यसैले आजको आवश्यकता सहअस्तित्वको दर्शन हो—जहाँ मानिस र वन्यजन्तु दुवैले सुरक्षित रूपमा बाँच्न सकून् ।
भविष्य बचाउने सामूहिक जिम्मेवारी
जलवायु परिवर्तन मानव इतिहासको सबैभन्दा गम्भीर चुनौतीहरूमध्ये एक हो । यसको प्रभाव वातावरण, अर्थतन्त्र, समाज र जैविक विविधतामा गहिरो रूपमा देखिन थालेको छ। विशेषगरी मानिस–वन्यजन्तु द्वन्द्वको बढ्दो अवस्था यसको प्रत्यक्ष परिणाम हो । यदि समयमै प्रभावकारी नीति, वैज्ञानिक अनुसन्धान र समुदायको सहभागितामा आधारित उपायहरू लागू गर्न सकिएन भने भविष्यमा यो संकट अझ गम्भीर हुन सक्छ । प्रकृतिसँग द्वन्द्व होइन, सहकार्यको सम्बन्ध स्थापित गर्नु नै आजको आवश्यकता हो ।
हामीले सम्झनुपर्छ, “पृथ्वी हामीले हाम्रा पुर्खाबाट विरासतमा पाएका होइनौँ; यो त हामीले हाम्रा सन्तानबाट उधारो लिएका हौँ।” यदि आज हामीले प्रकृतिको रक्षा गर्न सकेनौँ भने भोलिको पुस्ताले सुरक्षित पृथ्वी पाउने छैन । त्यसैले आजको हाम्रो जिम्मेवारी स्पष्ट छः
प्रकृतिको संरक्षण, जैविक विविधताको रक्षा र दिगो विकासमार्फत भविष्य सुरक्षित गर्नु।देशको राष्ट्रिय सुरक्षा प्रत्यक्ष रूपमा त्यस देशको खाद्य सुरक्षासँग सम्बन्धित हुन्छ ।
















