भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

५ वैशाख, काठमाडौं

भूतपूर्व सैनिक सम्मेलन–२०८२ अन्तर्गतको अन्तिम चरणको सम्मेलन पनि सकिएको छ । शनिबार मध्यपूर्वी पृतनाअन्तर्गत रामेछापको ब्यारेकमा सम्मेलन सकिएसँगै २०८२ मा सबै भूतपूर्व सम्मेलन सकिएका हुन् ।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा हुने यो सम्मेलनले नेपाली सेनामा कार्यरत कर्मचारी, पूर्व कर्मचारी, कर्मचारीका परिवारलाई एक ठाउँमा बोलाएर विविध कार्यक्रम गर्ने गर्दछ ।

यस प्रकारको कार्यक्रमले सेवारत र अवकाश प्राप्त सैनिक बीचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यवहारिक सुझाव संकलन हुने सेनाले बताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation