अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते, २ को अवस्था गम्भीर

 

२९ वैशाख, अर्घाखाँची

अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएकाे ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको अहिले उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले उद्धार गरिरहेकाे पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गाैतमले जानकारी दिए ।

अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीका अनुसार प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिरहेका छन् ।

घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको उनले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation