प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक पेश

 

६ जेठ, काठमाडौं

प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक पेश भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई विधेयक पेश गरेकी हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेश गरिन् ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

नेपालको संविधानको धारा ८४ को उपधारा (२) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्दसूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था छ ।

२०७८ सालमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले विधेयक ल्याएको बताइएको छ ।

मतदाता नामावली संशोधन विधेयक ल्याउनुको कारणमा यसअघि अध्यादेशमार्फत भएको संशोधनलाई देखाइएको छ । २१ फागुनको निर्वाचनका लागि छुट भएका मतदातालाई मतदाता नामावलीमा समावेश गराउन सरकारले अधयादेश ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation